Recents in Beach

Header Ads

केहि महत्वपुर्ण समान्य ज्ञान शिक्षक सेवा आयोग र लोकसेवा आयोग महत्वपूर्ण प्रश्न उत्तर २०७८

 



ब्रहमाण्ड र सौर्यमण्डल सम्बन्धी विविध जानकारी

ब्रह्माण्ड सम्बन्धी हाईलाईट (Highlight) प्रश्नहरु उत्तर

ब्रहमाण्ड सम्बद्ध केही खोजकर्ताहरु

• सौर्यमण्डल पत्ता लगाउने वैज्ञानिक को हुन् ? → निकोलस कोपर्निकस

• ब्ल्याक होलको खोजी गर्ने वैज्ञानिक को हुन् ? → स्टेफन हकिङ

• धुमकेतुको खोजि गर्ने बैज्ञानिक को हुन् ? → एडमण्ड हेली

• सूर्य एवं ग्रहहरु पृथ्वीको वरिपरि घुम्छन् भन्ने मतको खण्डन गरेवापत जिउँदै जलाइएका वैज्ञानिक को हुन् ? → गिआर्डिनो ब्रुनो (इटाली)

• Asteroid (शिशुग्रह) शब्दको पहिलो प्रयोग गर्ने वैज्ञानिक को हुन् ? → Sir William Herschel, (जर्मन)

• प्रकाशको गति पत्ता लगाउने को हुन् ? → रोमर

• ग्रहहरुको गतिको नियम पत्ता लगाउने वैज्ञानिक को हुन् ? → जोहानस केपलर,जर्मन,सन् १६००

• शनि ग्रहका घेराहरु (Rings) को खोज गर्ने व्यक्ति को हुन् ? → क्रिश्चियन हुइजेन्स,सन् १६५५मा

• Big Bang Theory का व्याख्याता को हुन् ? → जर्ज गुमाउ

• Steady State cosmology Model शिद्धान्तका प्रतिपादक को हुन् ? → जेम्स जिम्स, सन् १९२८

• पृथ्वीदेखि मंगलग्रहसम्मको दूरी र देशान्तरको मापन गर्ने वैज्ञानिक को हुन् ? → जियोभानी क्यासिनी

• सम्पूर्ण विश्वको नक्सा बनाउने कार्टोग्राफर को हुन् ? → गेरार्डस मार्काट्स,सन् १५३८

• सबैभन्दा पहिले पृथ्वी गोलो छ भनी घोषणा गर्ने व्यक्ति को हुन् ? → पाइथागोरस

ब्रहमाण्ड सम्बन्धी विविध खोज गर्ने नेपालीहरु

• मंगलग्रहमा पानी भएको तथ्य सार्वजनिक गर्ने व्यक्ति को हुन् ? → लुझेन्द्र ओझा

• नयाँ ग्रह (केप्लर→४७) पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने व्यक्ति को हुन् ? → सुमन सत्याल

• ग्राभेटिसनल वेभ पत्ता लगाउने टोलि अन्तरगत पर्ने नेपाली वैज्ञानिक को हुन् ? → सुदर्शन कार्कि

• जुम्ल्याहा आकाश गंगा पत्ता लगाउने नेपाली वैज्ञानिक को हुन् ? डा. सञ्जय पौडेल

• ‘गगनपुर’ अन्तरिक्षमा बसाईने वस्तीका योजनाकार को हुन् ? → सुशान्त खड्का

• अमेरिकी अन्तरिक्ष संस्था नासा (NASA) मा काम गर्ने पहिलो नेपाली को हुन् ?→ राजेन्द्र भट्

ब्रहृमाण्ड का विविध विषयमा अध्ययन गर्ने शास्त्रहरु

• ब्रहमाण्ड सम्बन्धी अध्ययन गर्ने विषयलाई के भनिन्छ ? → Cosmology

• ज्योतिषशास्त्र वा नक्षत्रशास्त्रको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? → Astrology

• अन्तरिक्ष यात्रासम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? → Astronautics

• आकासिय पिण्डहरुको नामाकरण गर्ने विज्ञानलाई के भनिन्छ ? → Astronomy

• पृथ्वी वाहेक अन्य ग्रहहरुमा पनि जीवनको अस्तित्वबारे अध्ययन गर्ने विज्ञान → Ex→ Biology

• भूगर्भ सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?→ Geology

• चन्द्रमाको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?→ Selenography

• पृथ्वीको बाहिरी सतहमा प्राप्त हुने जीव जन्तु र वनस्तपतिहरुको संरचना, रुप र आकारको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? → Morphology


Post a Comment

0 Comments