१. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध संसदमा कहिले दर्ता गरियो?
- वि. सं. २०७८ फागुन १ गते
२. साहित्यकार तारानाथ शर्मा (ताना शर्माको निधन कहिले भयो?
- वि.सं. २०७८ फागुन ३ गते
३. धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल कहिले नियुक्त भए?
- वि.सं. २०७८ फागुन ५ गते
४. शहिद स्मारक ए-डिभिजन लिग फुटबलको उपाधि
कुन टिमले जित्यो?
- मछिन्द्र क्लव
५. दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी बन्ने प्रथम महिला को हुन्?
- सीता परियार
६. नेपालमा पहिलोपटक क्यान्सर रोगविरुद्धको औषधि एन्टिक्यान्सर ड्रग उत्पादनको थालनी कुन कम्पनीले गरेको छ?
- टिजिग फर्मा (२०७८ फागुन ४ बाट)
७. २०७८ मा मनाइएको निर्वाचन दिवसको नारा के थियो?
- निर्वाचनमा सबै सधैं सँगै”
८. गोरखापत्र संस्थानको प्रकाशन गृहको उद्घाटन कहिले भयो?
- वि.सं. २०७८ फागुन ७ गते
९. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परिक्षण
कहिले भयो?
- वि.सं. २०७८ फागुन ६ गते
१०. रोलेक्स कन्जरभेसन अवार्ड २०२१ बाट सम्मानित हुने नेपाली को हुन्?
- रिन्जिन फुन्डोक लामा
११. प्रसिद्ध कलाकार जयनन्द लामाको निधन कहिले भयो?
-वि. सं. २०७८ फागुन ११ गते
१२. संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हिमाल आरोहि निर्मल पुर्जालाई कहिले नेपालको पर्यटनका लागि विश्व सद्भावना दुत नियुक्त गर्यो?
- वि.सं. २०७८ फागुन १२ गते
१३. प्रधानसेनापति खुल्ला म्याराथन २०७८ को उपाधि जिते?
- कृष्णबहादुर बस्नेत
१४. अमेरिकाका लागि नेपालका आवासिय राजदुतमा श्रीधर खत्रि कहिले नियुक्त भए?
- वि. सं. २०७८ फागुन १५ गते
१५. प्रतिनिधि सभाबाट एमसिसि कहिले अनुमोदन भयो?
- वि. सं. २०७८ फागुन १५ गते
१६. एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी २०७८ को को घोषित भए?
- राष्ट्रिय भलिबल टोलिकी कप्तान अरुणा शाहिर
पुर्व राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जन
१७. २०७८ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो?
- नरनाथ लुइँटेल
१८. सुनुवार सांस्कृतिक भवनको निर्माण कहाँ भएको छ?
- इलाम
१९. सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसि संसदमा
कहिले प्रस्तुत गरेका थिए?
- वि.सं. २०७८ फागुन ८ गते
२०. राष्ट्रब्यापि कविता तथा निबन्ध प्रतियोगिता २०७८ मा कुन कुन निबन्ध र कविता उत्कृष्ट भए?
- उत्कृष्ट निबन्ध – सौन्दर्यको भुमिमा सम्भावनाको बिज
- उत्कृष्ट कविता – भित्र्याउन छ घरभित्र सह
२१. मिस तामाङ २०७८ को बनिन् ?
- रञ्जना स्याङ्बो तामाङ
२२. बाँतर समुदायबाट डाक्टर हुने पहिलो ब्यक्ति को हुन्?
- अर्जुन सरदार
२३. नेपालमै पहिलोपटक पर्वतमा सिसाको आकाशे पुल
कहिलेबाट सञ्चालनमा आयो?
- वि. सं.२०७८ फागुन २३ गते
२४. प्रथम दमक कप राष्ट्रिय महिला भलिबलको उपाधि कुन टिमले जित्यो?
- न्यु डायमण्ड स्पोट्स क्लव
२५. राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसिएन (प्यावसन) को अध्यक्षमा पाण्डव हमाल कहिले चयन भए?
- वि.सं. २०७८ फागुन २४ गते
२६. भक्तपुरको चाँगुनारायण नगरपालिकाकालाई कहिले
स्मार्ट पालिका घोषणा गरियो
- वि.सं. २०७८ फागुन २४ गते
२७. पाँचौ झापा गोल्डकपको उपाधि कुन टिमले जित्यो?
- त्रिभुवन आर्मि क्लव
२८. कैलालीको घोडाघोडीलाइ नेपालको पहिलो चरा अभय
आरक्षण क्षेत्र (वर्ड सेन्चुरि) कहिले घोषणा गरियो?
- वि. सं. २०७८ फागुन २७ गते
२९. सय ग्रामको गिनिज बुक अफ वल्ड रेकर्ड पुस्तक लगातार ३ घण्टा ४० मिनेट ३ सेकेन्ड सम्म औंलामा घुमाएर विश्व रेकर्ड कायम गर्ने नेपाली को हुन्?
- मानसिंह ओलि
३०. क्रिप्टोकरेन्सिका सम्पूर्ण वेभसाइट तथा एप्लिकेसन नेपालमा कहिलेबाट प्रतिबन्ध गरियो?
- वि.सं. २०७८ चैत १ गते
३१. महामुर्ख २०७८ कसलाई घोषित गरियो?
- महेश जाजु
३२. मिसेस नेपाल आइडल २०२२ को भइन्?
- कविता राई
३३. नेपालमा छाति नचिरि पहिलोपटक मुटुको सफल सल्यक्रिया कहिले गरियो?
- वि.सं. २०७८ फागुन १६ गते
३४. कार्यसम्पादनमा देशकै उत्कृष्ट स्थानिय कुन भएको छ?
- अजयमेरु गाउपालिका, डडेल्धुरा
३५. नेपालमा निजामतीमा महिलाको सहभागिता कति पुगेको छ?
- २६.५९ प्रतिशत
३६. नेपाल आयल निगमको ३३ औं कार्यकारी निर्देशकमा उमेशप्रसाद थानि कहिले नियुक्त भए?
- वि. सं. २०७८ फागुन २६ गते
३७. पाँचौ सुदुरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ को उपाधि कुन टिमले जित्यो?
- मनाङ मर्याङ्दी क्लव
३८. संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनमा कुन नगरपालिका उत्कृष्ट भयो?
- वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका
३९. दोलखाको भिमेश्वर नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकाविच भगिनि सम्बन्ध कहिले कायम भयो?
- वि. सं. २०७८ फागुन २९ गते
४०. अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने साहसिक महिला पुरस्कार २०२२ पाउन सफल नेपाली को हुन्?
- भुमिका श्रेष्ठ
४१. लोकसेवा आयोगको दोस्रो राष्ट्रिय सम्मेलन कहिले र कहाँ भयो?
- वि. सं. २०७८ फागुन २३ र २४ रुपन्देहीमा
४२. सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने
घोषणा कहिले गर्यो?
- वि. सं. २०७८ फागुन २६ गते
४३. प्रधानमन्त्रीसहित सबै मन्त्रीले अङ्गदान गर्ने घोषणा
कहिले गरे?
- वि. सं. २०७८ फागुन २६ गते
0 Comments